विश्व

सडक दुर्घटनामा इन्डोनेसियामा पाँच जनाको मृत्यु, चार घाइते

इकागज | साउन २९, २०७९

जाकार्ता- पश्चिमी जाभाको सुकाबुमी रिजेन्सीबाट आइतबार सियानजुर जानेक्रममा गहुँ बोकेको ट्रकको ब्रेक फेल हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।    

उक्त ट्रकले पहिले सडक छेउमा पार्क गरिएका दुईवटा कारलाई र त्यसपछि विपरीत दिशाबाट आएका अन्य तीनवटा मोटरसाइकल र केही पैदल यात्रुलाई समेत ठक्कर दिँदै घरको बारमा ठोक्किएर पल्टिदा उक्त दुर्घटना भएको सियानजुरका प्रहरी प्रमुख डोनी हर्मावानले उल्लेख गरेका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदलयात्री रहेको हर्मावानले बताएका छन् । मृतक र घाइते सबैलाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ ।      दुर्घटनाले दुवैतर्फ ट्राफिक जाम भएकाले घाइतेलाई बाहिर निकाल्न स्वास्थ्यकर्मीलाई कठिनाइ भएको थियो।    

भारतमा विवाहित जोडीलाई गर्भनिरोधक सामग्री सहितको ‘वेडिङ गिफ्ट’ दिइने

इकागज | साउन २९, २०७९

काठमाडौँ- भारतको ओडिसा सरकारले जनसंख्या नियन्त्रणका लागि नयाँ विवाहित जोडीलाई उपहारको रुपमा ’व...

राजस्थानमा शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु

इकागज | साउन २९, २०७९

नयाँ दिल्ली - भारतको राजस्थानमा दलित समुदायका एक बालकलाई शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भ...

रुसले औषधिमाथि प्रतिबन्ध लगाएर मानवता विरुद्धको अपराध गर्‍योः  युक्रेन

इकागज | साउन २८, २०७९

किभ -  युक्रेनका स्वास्थ्य मन्त्रीले रुसी अधिकारीहरूले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवता...