विश्व

युक्रेनका प्रधानमन्त्री भन्छन्- आगामी वर्ष युक्रेनेको विजयको वर्ष हुनेछ

इकागज | पुस २०, २०७९

किभ - युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरूको प्राथमिकता तोकेका छन् । उनले युक्रेनले आगमी वर्षमा गर्ने कामहरूका १० ओटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको छ ।

ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोको सदस्यता लिनेसम्म रहेको बताइएको छ । उनले आगामी वर्ष युक्रेनको विजयको वर्ष हुने पनि सो प्राथमिकतमा जनाएका छन् ।

उनले भनेका छन्– आगामी वर्ष युक्रेनेको विजयको वर्ष हुनेछ, हामीले जित्नेछौँ सन् २०२२ को विध्वंसपछिको पुनर्निमार्णका लागि हामी लाग्नेछौँ । उनले रुसले गरेको आक्रमणबाट भएको क्षतिको निर्माण यसै वर्ष गरिने पनि जानकारी दिए ।

उनले सबैभन्दा पहिलो प्राथमिकता यहाँको सुरक्षा व्यवस्थालाई मजबुद बनाउने रहेको भन्दै यसका लागि देशको सेनालाई सहयोग गर्ने पनि रहेको बताएका छन् । उनले ऊर्जा, देशको आर्थिक क्षेत्रको विकास र विस्तार तथा युद्धमा युक्रेनका तर्फबाट लडेका योद्धाहरूलाई सम्मान गर्ने काम पनि यसै वर्षको प्राथमिकतामा रहेको बताए ।

उनले सार्वजनिक प्रशासनमा सुधार, शिक्षाको विकास र विस्तार देशका उर्जाको विकास र विस्तार लगायतका कार्यक्रमहरू यस वर्षमा गरिने कार्यक्रम पनि रहेको उनले बताए।

युक्रेनमा गत फेब्रुअरी महिनादेखि रुसले निरन्तर रुपमा हमला गरिरहेको छ । हतियारका माध्यमबाटै गरेको आक्रमणले युक्रेनको राजधानी किभलगायतका कैयौँ सहरका संरचनामा क्षति पुगेको छ । 

दिल्ली उडेको विमानमा महिला यात्रुमाथि पुरुषले पिसाब फेरिदिएपछि...

इकागज | पुस २०, २०७९

नयाँ दिल्ली- नोभेम्बरमा एयर इन्डियाको फ्लाइटको बिजनेश क्लासमा एक महिला सहयात्रीलाई मदिराले मातेका एक व्य...

अमेरिकाले २ लाख ५० हजार ट्विटर अकाउन्ट निलम्बन गर्न खोजेको मस्कको खुलासा

इकागज | पुस २०, २०७९

न्युयोर्क - ट्विटरका प्रमुख एलोन मस्कले अमेरिकी सरकारले पत्रकार र क्यानाडाली अधिकारीहरूसहित २ लाख ५० हजा...

कारले ठक्कर दिएकी युवतीलाई ड्राइभरले एक घण्टासम्म सडकमा घिसारेपछि...

इकागज | पुस २०, २०७९

नयाँ दिल्ली- भारतको राजधानी दिल्लीमा नयाँ वर्षको दिन एक २० वर्षीया युवतीको विभत्स मृत्युले सिंगो देशलाई...

भारतीय विदेशमन्त्रीको आरोपः चीनले एलएसीलाई एकतर्फी रूपमा परिवर्तनको प्रयास गर्‍यो

इकागज | पुस २०, २०७९

नयाँ दिल्ली - भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले दुई देशलाई छुट्ट्याउने सीमा रेखा एलएसीलाई एकत...

श्रीलंकाको अर्थतन्त्रमा क्रमिक सुधार, फस्टाउँदै पर्यटन

इकागज | पुस १९, २०७९

कोलम्बो - आर्थिक अनुशासन कायम गर्न नसक्दा टाट पल्टिएको श्रीलंकाको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान...