विश्व

दिल्लीमा मंकीपक्सबाट थप एक व्यक्ति संक्रमित

इकागज | साउन १९, २०७९

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा विदेशी मूलकी एक महिलामा बुधबार साँझ मंकीपक्स संक्रमण पुष्टि भएको बिहीबार स्वास्थ्य विभागका अधिकारीले पुष्टि गरेका छन् । 

स्थानीय सञ्चारमाध्यमले संक्रमित नाइजेरियाली नागरिक भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा मंकीपक्स पहिलोपटक महिलामा संक्रमण भेटिएको हो । यससँगै नयाँ दिल्लीमा मंकीपक्सबाट चौथो व्यक्ति संक्रमित भेटिएको पुष्टि भएको छ भने देशभर कूल नौ जनामा यो भाइरस संक्रमण पुष्टि गरिएको छ ।

अहिलेसम्म संक्रमितमध्ये दक्षिण भारतको केरलाका एक जनाको मृत्यु भएको छ । जुलाई १४ मा संक्रमित भेटिएका केरलाका एक व्यक्तिको गत साताको अन्त्यसम्ममा पूर्णतया निको भइसकेको छ ।

केही दिनअघि मात्र दिल्ली सरकारले मंकीपक्स रोगी वा संदिग्ध केसहरूका लागि राष्ट्रिय राजधानी नयाँ दिल्लीका छ अस्पतालहरूमा आइसोलेसनका लागि ७० कोठाहरूको व्यवस्था गरिएको छ भने केरला सरकारले पनि भाइरल रोगलाई फैलन नदिन प्रयाप्त प्रबन्ध मिलाएको जनाएको छ । सिन्ह्वा

युक्रेनको आणविक ऊर्जा केन्द्र नियन्त्रण बाहिर, दुर्घटनाको चेतावनी

इकागज | साउन १९, २०७९

संयुक्त राष्ट्रसङ्घ - संयुक्त राष्ट्रसङ्घका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा क...

युक्रेनको आणविक ऊर्जा केन्द्र नियन्त्रण बाहिर, दुर्घटनाको चेतावनी

इकागज | साउन १८, २०७९

एजेन्सी - संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र पूर्ण...

चीनतर्फ संकेत गर्दै ताइवानकी राष्ट्रपतिले भनिन्–कहिल्यै पछि हट्दैनौँ

इकागज | साउन १८, २०७९

ताइपेय - ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले आफ्नो अडानबाट कहिल्यै पछाडि नहट्ने प्रतिबद्धता दोहोर्&...