चीनको चेतावनीको बाबजुद २४ लडाकु विमानसहित अमेरिकी सभामुख ताइवान पुगिन्
काठमाडौँ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छिन् । उनी २४ लडाकु विमानसहित आज साँझ ताइवान पुगेकी हुन् । उनले ताइवान पुगेर आफ्नो भ्रमण ताइवानको जीवन्त लोकतन्त्रका लागि अमेरिकाको समर्थन रहेको बताएकी छिन् ।
ताइवान चीनबाट छुट्टिएको मुलुक हो । उसले अमेरिकालाई भ्रमण नगर्न पटक पटक चेतावनी दिएको थियो । चेतावनीको बाबजुद पेलोसी ताइवान पुगेकी हुन् । अमेरिकी सभामुख पेलोसीले सोमबार सिंगापुरबाट आफ्नो एसिया यात्रा थालेकी थिइन् ।