विश्व

नाइजेरियामा सुरक्षा कारबाहीमा नौ जना मारिए

इकागज | पुस १५, २०७७

अुबजा :  नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरूले गरेको कारबाहीमा ९ जना अज्ञात व्यक्तिको ज्यान गएको छ । उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ । 
उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्‍ने बारेमा भने केही पनि बताइएको छेन । प्रहरीले उनीहरूको कारबाहीका क्रममा ज्यान गएको बताएको छ । 

सुरक्षा अधिकारीहरूले अबुजा शहरमा केही समय अघिदेखि नै सशस्त्र समूहले स्थानीय नागरिकलाई दुःख दिएको बताएका थिए । त्यसैले सो शहरमा ठूलो संख्यामा प्रहरीहरू पनि परिचालन भएका बताइएको थियो । प्रहरी कारबाहीमा परेर सोमबार राति उनीहरू मारिएको जानकारी अधिकारीहरुले मंगलबार गराएका थिए । 

 शहरमा रातिको समयमा बन्दुकधारीहरू लुट्नका लागि पनि आउने गरेका थिए । उनीहरूलाई नै लक्ष्य गरेर प्रहरीले सुरक्षा कारबाही चलाएको थियो । अबुजा शहर कादुना राज्यमा पर्दछ । कादुना राज्यका प्रहरी प्रमुख स्यामुअल अरुवानले सो क्षेत्रमा प्रहरीले गरेको कारबाहीका क्रममा मारिएकाहरूको पहिचानको खोजी भएको जानकारी दिए ।  

ती लुटेराहरूको निकै नै आतंक रहेको भनिएका क्षेत्रहरूमा एम्बुस थापेर प्रहरी बसेको थियो । एम्बुसलाई पनि छलेर भाग्‍न खोजेपछि प्रहरीले उनीहरूमाथि गोली चलाएको प्रहरी कमिसनार स्यामुअलले जानकारी दिए । 
उनका अनुसार सो क्षेत्रमा नाइजेरियमा सशस्त्र विद्रोह गरिरहेका आतंककारी समूहका व्यक्तिहरूको पनि बस्ती रहेकोले उनीहरूको खोजीका लागि पनि ठूलो संख्यमा प्रहरी परिचालन गर्ने गरिएको छ । (रासस)

बेलायतद्वारा अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपलाई पनि अनुमति प्रदान

इकागज | पुस १५, २०७७

काठमाडौं : अक्सफोर्ड विश्वविद्यालयले अस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिड–१९ (कोरोना भाइरस) ख...

रूसी स्पुतनिक-भि खोप दिने पहिलो अमेरिकी मुलुक बन्यो अर्जेन्टिना

इकागज | पुस १५, २०७७

ब्युनस आयर्स : अर्जेन्टिनाले रूसले विकसित गरेको स्पुतनिक-भीको खोप प्रयोग गर्दै कोभिड-१९ विरुद्धको निमुलिक...

जसले साउदीमा महिलाले सवारी चलाउन पाउने अधिकारको वकालत गरिन् उनैलाई जेल सजाय

इकागज | पुस १४, २०७७

साउदी अरबकी एक प्रख्यात महिला अधिकारवादी लुजैना अल-हथलुललाई जेल सजाय सुनाइएको छ । उनले महिलाहरूले स...