विश्व

कोरोनाले लेबनानमा १० चिकित्कसको मृत्यु, १५ आइसियुमा

इकागज | पुस २५, २०७७

बेरुत : कोरोनाभाइरसबाट सङ्क्रमित भएर लेबनानमा १० चिकित्सकको मृत्यु भएको छ । 

कोरोनाबाट सङ्क्रमित भएकामध्ये अरु १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् भने झण्डै २०० जना क्वारेन्टिनमा रहेका छन् ।

लेबनानको चिकित्सासम्वन्धी एउटा सवैभन्दा ठूलो संस्थाका प्रमुख रहेका चाराफ अबोले भन्नुभयो, “महामारीले नराम्ररी सताउने छ, सवै आम नागरिक अत्यन्त संवेदनशिल र सचेत हुन आवश्यक छ, स्वास्थ्यकर्मीहरुले पनि काम गर्दा उच्च सतर्कता अपनाउनु पर्छ ।” 

लेबनानमा बिहीबार मात्रै चार हजार ७७४ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई लाख चार हजार ६९९ रहेको अधिकारीहरुले जनाएका छन् । 

त्यसैगरी पछिल्लो दिन थप १६ जनाको कोरोनाका कारण मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या एक हजार ५६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (सिन्ह्वा)

चिनियाँ कम्युनिष्ट पार्टीको कोपभाजनमा परेका ज्याक मा जस्तै अर्बपतिहरू

इकागज | पुस २४, २०७७

काठमाडौंः विश्वविख्यात अलिबाबा कम्पनीका सहसंस्थापक चिनियाँ अर्बपति ज्याक मा सार्वजनिक मञ्चहरूबाट एकाएक हर...

मेरिक गारल्यान्डलाई महान्यायाधिवक्ता रूपमा छानिएको बाइडेनद्वारा पुष्टि

इकागज | पुस २४, २०७७

वाशिङ्टन : अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले बिहीबार मेरिक गारल्यान्डलाई महान्यायाधिवक्ता मनोनयन ग...

अमेरिकी कंग्रेसद्वारा राष्ट्रपतिमा वाइडनको विजयी पुष्टि

इकागज | पुस २३, २०७७

वासिङ्टन : अमेरिकी कंग्रेसले अमेरिकाको राष्ट्रपतिमा डेमोक्रयाटिक पार्टीका उम्मेदवार जो वाइडन र उपराष्ट्रपत...