विश्व

राष्ट्रपति ट्रम्पलाई हटाउँदिन : उपराष्ट्रपति पेन्स

इकागज | पुस २९, २०७७

काठमाडौं : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले दोस्रोपटक महाअभियोगको सामना गरिरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हटाउन नसक्ने स्पष्ट पारेका छन् । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीलाई पत्र लेख्दै उपराष्ट्रपति पेन्सले ट्रम्पलाई आफूले हटाउन नसक्ने बताएका हुन् ।

सभामुखको आग्रह अनुसार राष्ट्रपति ट्रम्पलाई हटाउँदा अमेरिकी संविधान, राष्ट्र र नागरिकलाई गम्भिर खतरा आउने उपराष्ट्रपति पेन्सको चेतावनी छ । तल्लो सदनमा डेमोक्र्याट सांसदहरुले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सभामुख पेलोसीले उपराष्ट्रपतिलाई सो आग्रह गरेकी थिइन् ।

उपराष्ट्रपति पेन्सले जवाफी पत्र लेख्दै कार्यकाल सकिनै लागेका ट्रम्पलाई आफूले हटाउन नसक्ने बताएका हुन् । संसद भवन बाहिर हिंसा भड्काएर ५ जनाको ज्यान जानुमा राष्ट्रपति ट्रम्प जिम्मेवार रहेको भन्दै उनीविरुद्ध तल्लो सदनमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

महाअभियोग प्रस्तावमाथि बुधबार मतदान हुने सम्भावना रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

भारतको सर्वोच्च अदालतद्वारा कृषि सम्बन्धी नयाँ कानुन निलम्बन

इकागज | पुस २८, २०७७

काठमाडौंः भारतको सर्वोच्च अदालतले पछिल्लो पटक जारी भएका कृषि सम्बन्धी तीन कानुनलाई अर्को सूचना नभएसम्मका...

चर्चित कुटनीतिज्ञ बर्नसलाई वाइडेनले केन्द्रीय गुप्तचर प्रमुख बनाउने

इकागज | पुस २८, २०७७

वासिङ्टन : अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो वाइडेनले चर्चित कुटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्त...