विश्व

उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

इकागज | माघ ७, २०७७

वासिङ्टन : अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् । 

'मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ', सिनेटबाटै विदा लिएको छैन, म सिनेटमै रहन्छु,' उजले ट्वीटरमा लेखेकी छन् । अमेरिकामा उपराष्ट्रपति नै सिनेटको अध्यक्ष हुने व्यवस्था रहेकाले उहाँ उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः सिनेटको अध्यक्ष बन्‍नेछिन् ।

सिनेट सदस्यबाट राजीनामा दिएपनि अध्यक्ष हुने भएकाले सिनेटबाट विदा नभएको उनले बताइन । अमेरिकाको सिनेटमा अहिले डेमोक्र्याटिक र रिपब्लीकन दुवै पक्षका ५०-५० जना सदस्य रहेका छन् । 

ह्यारिस डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनीसँगै उनकै पार्टीका जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । दुवै जनाले यही जनवरी २० तारिखमा सपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्न लागेका छन् । (सिन्ह्वा)

सुडानको डार्फर क्षेत्रमा भएको जातीय झडपमा मृत्यु हुनेको संख्या १५५ पुग्यो

इकागज | माघ ६, २०७७

खार्तूम  : जातीय विवादका कारण तनावग्रस्त बनेको सुडानको डार्फर क्षेत्रलाई मङ्गलबार शान्त पारिएको सुडा...

मध्य अफ्रिकाको राष्ट्रपतिमा तौदेरा नै निर्वाचित भएको अदालतको फैसला

इकागज | माघ ६, २०७७

बाङ्गी : गणतन्त्र मध्य अफ्रिकाको राष्ट्रपतिमा पूर्व राष्ट्रपति फौस्टिन आर्चेन्ज तौदेराले नै मान्यता पाएका छन् । ...

कुवेतमा सरकार विघटन

इकागज | माघ ५, २०७७

कुवेत : कुवेतको सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले दिएको राजीनामा सो...

इन्डोनेसियामा शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

इकागज | माघ ४, २०७७

जाकार्ता : इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ प...