विश्व

तमिलनाडुमा पटाका उद्योगमा आगलागी हुँदा १९ को मृत्यु

इकागज | फागुन १, २०७७

नयाँदिल्ली :  भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनामा अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार भएको घटना यस वर्षकै यस प्रदेशकै सवैभन्दा ठूलो नराम्रो घटना भएको अधिकारीहरूले जनाएका छन् । स्थानीयअधिकारी आर कन्‍नानले मृतकको सङ्ख्या अझै बढी हुन सक्ने बताए । उनका अनुसार केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने देखिएको हो । 

“घटनामा परी अरु ३४ भन्दा बढी घाइते भएका छन्, उनीहरु सवैको अहिले उपचार भइरहेको छ, उनीहरु मध्ये केहीव्यक्तिको शरिरका धेरै भागजलेका छन्, त्यसैले उनीहरुको अवस्था गम्भीर रहेको छ,” उनले भने । 

कन्‍नानले दिएको जानकारीअनुसार आगलागी भएका बेला उद्योगमा झण्डै ७४ जना मानिस रहेका थिए । स्थानीय सञ्‍चार माध्यमहरूले आगलागी भएको उद्योग अवैध तरिकाले सञ्‍चालन भइरहेको बताएका छन् ।  प्रहरीले अहिले उद्योगका बारेमा र आगलागीको घटनाका बारेमा अनुसन्धान गरिरहेको छ । 

घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै राहत दिने घोषणा गरेका छन् । उनले मृतकहरूलाई परिवारलाई दुई लाख रुपैयाँका दरले दिने घोषणा गरेका छन् । (रासस)
 

प्रतिबन्ध, महामारीबाट थलिएको क्युबाद्वारा अन्ततः अर्थतन्त्र खुला गर्ने निर्णय

इकागज | फागुन १, २०७७

हवाना : क्युबाले यसपटक एउटा आधारभूत संरचना परिवर्तन गर्न खोज्दैछः दशकौंसम्मको कडा, केन्द्रीकृत नियन्त्रणपछ...

इरानले आणविक कूटनीतिको ‘अवसरलाई हल्कारूपमा’ लियो : युरोपेली शक्ति राष्ट्रहरू

इकागज | फागुन १, २०७७

पेरिस : सन् २०१५ मा विश्व शक्ति राष्ट्रहरू र इरानबीच भएको आणविक सम्झौतालाई मानेर विश्व समुदायबीच सहकार्य ...

चीनमा बिबिसी बन्द

इकागज | माघ ३०, २०७७

काठमाडौँ : चीनमा अब बिबिसी प्रसारण नहुने भएको छ । बिबिसीको बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई चीनले बन्द ...