विश्व

गरिबीविरुद्ध लडाईं जितेको चिनियाँ राष्ट्रपति चिनफिङको घोषणा

इकागज | फागुन १३, २०७७

काठमाडौँ : चिनियाँ राष्ट्रपति सि चिनफिङले आफ्नो मुलुकले ग्रामीण भेगमा रहेको गरिबीमाथि पूर्ण विजय प्राप्त गरेको घोषणा गरेका छन् । बेइजिङमा बिहीबार आयोजना गरिएको एक कार्यक्रममा झन्डै १० करोड चिनियाँ गरिबीको रेखाबाट माथि उठेको दाबी गरियो । 

चिनिफिङ चीनको राष्ट्रपति बनेर आएपछि ग्रामीण भेगमा रहेको गरिबी निर्मुल पार्ने बताएका थिए । चिनफिङको नेतृत्वमा रहेको चिनियाँ सरकारले प्राप्त गरेको यस्तो सफलता एक सय वर्ष पुगेको चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का लागि उपहार भएको त्यहाँका सरकारी सञ्चार माध्यमले जनाएका छन् । 

ग्रेट हलमा आयोजित कार्यक्रममा एक घण्टा लामो भाषण गर्दै चिनिफिङले सीसीपी र चिनियाँ कम्युनिस्ट व्यवस्था विश्वकै उत्कृष्ट भएको बताए । उता गरिबी निवारण सम्बन्धि काम गर्ने विज्ञहरुले चिनियाँ सरकारको गरिबीको व्याख्या नै फरक रहेको बताउँछन् । त्यसकारण पनि चीनमा कुन स्तरमा गरिबी घटेको भन्‍नेबारेमा यसै भन्‍न नसकिने उनीहरुको भनाई छ । 

राष्ट्रपति चिनफिङले आफ्नो सरकारले गरिबी निवारणका लागि पछिल्ला आठ वर्षमा एक सय ६० बिलियन युआन खर्च गरिएको बताए । उनले चिनियाँ सरबारले अर्को पाँच वर्षसम्म गरिबी निवारणका लागि ठूलो बजेट विनियोजन गरिने बताए । यद्यपी कती बजेट विनियोजन गरिने भन्‍ने केही बताइएको छैन ।

पूर्व पत्नीलाई घरायसी काम गरेबापत क्षतिपूर्ति दिन चीनमा आदेश

इकागज | फागुन १२, २०७७

बेइजिङ : चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्वरुप झण्डै आठ...

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कर्फ्यू लगाइने

इकागज | फागुन १२, २०७७

नेदरल्याण्ड : कोभिड-१९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कर्फ्यूको समय बढाएको छ । प्राप्त समाचार...

जी-७ द्वारा म्यानमार प्रदर्शनकारीविरूद्ध गरिएका सैनिक कारबाहीको कडा शब्दमा आलोचना

इकागज | फागुन १२, २०७७

लन्डन : जी-७ सदस्य मुलुकहरूले मङ्गलबार म्यानमारको सुरक्षा फौजले प्रदर्शनकारीविरुद्ध गरेको हिंसात्मक बल प्रय...

भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोभिड-१९ परीक्षण

इकागज | फागुन ११, २०७७

देहरादुन : भारतको उत्तराखण्ड प्रदेशमा अन्य पाँच प्रदेशबाट आउने व्यक्तिलाई कोभिड-१९ परीक्षण अनिवार्य गरिएको...

यसरी भयो फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान

इकागज | फागुन ११, २०७७

सिड्नी : प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुसँग जारी विवाद समाधान भएको...

प्रिन्स फिलिपको स्वास्थ्यमा सुधार भएको प्रिन्स विलियमद्वारा जानकारी

इकागज | फागुन ११, २०७७

राजकूमार (डुक अफ एडिनवर्ग) फिलिपको बुढ्यौलीका कारण देखिएको स्वास्थ्य समस्या क्रमशः ठिक हुँदै गइरहेको उनक...