विश्व

हाइटीको जेलबाट कैदी भाग्‍न खोज्दा भएको झडपमा २५ को मृत्यु

इकागज | फागुन १५, २०७७

पोर्ट ओ प्रिन्स : हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्‍ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु हुनेमा जेलका निर्देशकसमेत रहेको सञ्‍चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए । जेलमा झण्डै ४०० कैदी रहेका थिए । 

“घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,” उनले भने । राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरूको मृत्यु भएको पनि उनले जानकारी दिए । मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उनले बताए । 

झण्डै दुई सय जना कैदी भने अझै पनि जेलमै छन् । उनीहरूलाई भाग्‍न नदिन प्रहरीले धेरै मेहनत गरेको सचिव एक्सान्तुजले बताए । जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरू भाग्‍न नसकेको उनको भनाइ छ ।

मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ रहेका छन् । उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीहरूले जनाएका छन् ।  सुरक्षा कारबाहीका क्रममा उनको मृत्यु भएको प्रहरी अधिकारीहरूले पनि स्विकार गरेका छन् । हाइटीमा जेल तोडफोड हुने र कैदीहरू भाग्‍ने तथा उनीहरूको मृत्यु हुने घटना बेला बेलामा हुने गरेका छन् । रासस
 

पत्रकार खशोग्जीको हत्या योजना साउदीका युवराज मोहम्मदले बनाए : अमेरिका

इकागज | फागुन १५, २०७७

काठमाडौँ : साउदी अरबका युवराज सलमान बिन मोहम्मदले निर्वासनमा रहेका साउदी पत्रकार जमाल खशोग्जीको हत्या ...

आगोले जलिरहेको अपार्टमेन्टबाट आमाले चार बच्चाबच्ची झ्यालबाट फालिन्

इकागज | फागुन १५, २०७७

काठमाडौँ : टर्कीको इस्तानबुलमा रहेको एक अमार्टमेन्टमा आगो लागेपछि आमाले आफ्ना छोराछोरीलाई झ्यालबाट...

जी-२० का अर्थमन्त्रीहरूबीच कमजोर मुलुकलाई आर्थिक पुनरुत्थानमा सघाउन छलफल

इकागज | फागुन १४, २०७७

मिलान : इटालीको अग्रसरतामा विश्वका प्रमुख-२० औद्योगिक राष्ट्रहरूको समूह (जी२०) का अर्थमन्त्री तथा केन्द्रीय ...

अमेरिकामा न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर पुर्‍याउने प्रस्तावमा सहमति जुटेन

इकागज | फागुन १४, २०७७

वासिङ्टन : अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिक...

कोभिडको दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ : डब्लुएचओ

इकागज | फागुन १४, २०७७

कोपेनहेगन : कोभिड-१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सा...

भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

इकागज | फागुन १३, २०७७

काराकास : भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दि...

चीनको सीमाबाट सैन्य दस्ता हटाउने प्रक्रिया सजिलै पूरा हुँदैन : भारतीय सेना प्रमुख

इकागज | फागुन १३, २०७७

काठमाडौँ : भारत र चीन सीमाको ‘लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)’ मा रहेको पूर्वी लद्दाखबाट ...