विश्व

चीनको निर्यातमा सुधार, एक दशकमै सबैभन्दा बढी

इकागज | फागुन २४, २०७७

बेइजिङ : कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको चिनियाँ सरकारी निकायले जनाएको छ । साथै, चीनले गर्ने वस्तु तथा सेवाको आयातमा पनि वृद्धि भएको छ । 

इलेक्ट्रोनिक्स र मास्क जस्ता तयारी पोशाकको निर्यातमा व्यापक वृद्धि भएको छ । गत वर्षको तुलनामा जनवरी–फेब्रुअरीको अवधिमा निर्यातमा ६०.६ प्रतिशतले वृद्धि भएको छ भने आयात २२.२ प्रतिशतले बढेको छ । 

प्राप्त विवरण अनुसार, गत वर्ष निर्यातमा १७ प्रतिशत र आयातमा ४ प्रतिशत न्यून भएको थियो । 

चिनियाँ भन्सार प्रशासनका अनुसार इलेक्ट्रोनिक्स सामानको निर्यात ५४.१ प्रतिशत तथा टेक्स्टाइलको निर्यात ५०.२ प्रतिशतले बढेको छ । 

चीनको समग्र ब्यापार बचत एक खर्ब ३ अर्ब ३० करोड डलर रहेको भन्सार प्रशासनको भनाई छ । अमेरिकासँगको ब्यापार बचत पनि गत वर्षको तुलनामा दोब्बर अर्थात् ५१ अर्ब ३० करोड डलर पुगेको छ । (एएफपी) 

इजरायलद्वारा महामारीका कारण बन्द रेष्टुरेन्ट र बारहरू पुनः खोलिने

इकागज | फागुन २४, २०७७

जेरूसेलम : कोरोना महामारीका कारण बन्द भएका व्यवसाय पुनः खोल्ने क्रममा इजरायलले आइतबारदेखि रेष्टुरेन्ट त...

उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

इकागज | फागुन २३, २०७७

उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्...

चीनले तिब्बतलाई दक्षिण एसियासँग जोड्ने कोरिडोर बनाउने

अजय अलौकिक | फागुन २२, २०७७

बेइजिङः चीनको राजधानी बेइजिङमा दुई महत्त्वपूर्ण अधिवेशन जारी छन् । मार्च ५ शुक्रबारबाट सुरू भएको तेह्रौं...