विश्व

अमेरिकी पूर्वराष्ट्रपतिहरूले लगाए कोरोना खोप

इकागज | फागुन २७, २०७७

वाशिङटन  : अमेरिकीका पूर्वराष्ट्रपतिहरूले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सामूहिक रूपमा उनीहरूले खोप लगाए पनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी नभएको जनाइएको छ । खोप लगाएको भिडियोसमेत सार्वजनिक गर्दै उनीहरूले कोरोनाविरुद्ध लड्न खोप नै मुख्य आधार भएकाले आफूहरूले खोप लगाएको उल्लेख गरेका छन् ।  

उनीहरूले कुनै हिचकिचाहटबिना खोप लगाउनका लागि सबै अमेरिकी नागरिकलाई पनि आग्रह गरेका छन् । पूर्वराष्ट्रपतिहरू जिम्मी कार्टर, जर्ज डब्लु बुस, बिल क्लिन्टन र बाराक ओबामासँगै उनीहरूका प्रथम महिलाहरूले पनि खोप लगाएका हुन् । खोप लगाएपछि पूर्वराष्ट्रपति ओबामाले भने, “खोपको अर्थ हाम्रो आशा हो, यसले हामीलाई रक्षा गर्छ, खतराबाट जोगाउछ, यो महामारीबाट बच्‍नका लागि हामी सबैले खोप लगाउनु पर्छ ।” 

अन्य पूर्वराष्ट्रपतिहरूले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउनु आवश्यक रहेको र त्यसबाट कुनै नकारात्मक खतरा नरहेको चिकित्सकहरूले प्रमाणित गरेकाले आफूहरूले ढुक्क भएर खोप लगाएको उल्लेख गरेका छन् । निवर्तमान राष्ट्रपति ट्रम्पले भने खोपप्रति आफ्नो विश्‍वास नरहेको बताउँदै आएका थिए । तर उनले भने राष्ट्रपतिको भूमिकामै रहेका बेला गत जनवरीमै खोप लगाए पनि सार्वजनिक नगरेको विभिन्‍न सञ्‍चारमाध्यमले लेखेका थिए । (रासस)

जापानीहरूले नबिर्सने दशकअघिको कालो दिन : नेपालीले भोगेका हिगासी निहोन दाइशिन्साइ

संगीता कुँवर | फागुन २७, २०७७

जापान : जापानीहरू मार्च ११ (आज) लाई कालो दिनको रुपमा सम्झिन्छन् । जापानमा ठूलो जनधनको क्षति हुनेग...

महाशिवरात्रिको रौनकः गङ्‍गामा लाखौंले गरे 'शाही स्‍नान'

इकागज | फागुन २७, २०७७

नयाँदिल्ली : हिन्दू धर्मावलम्बीहरूको पर्व महाशिवरात्रिका अवसरमा बिहीबार भारतको उत्तराखण्डको हरिद्वारस्थित ह...

इजरायली प्रधानमन्त्रीले पहिलो पटक यूएईको औपचारिक भ्रमण गर्ने

इकागज | फागुन २७, २०७७

जेरुसेलम : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँले पहिलो पटक युनाइटेड अरब इमिरेट्स (यूएई)को औपचा...

निकारागुवाको चिनान्डेगा शहर ज्वालामुखीको धुलोले ढाकियो

इकागज | फागुन २७, २०७७

मानागुवा : मध्य-अमेरिकी राष्ट्र निकारागुवाको सबैभन्दा अग्लो ठाउँ सान क्रिस्टोबलमा ज्वालामुखी बिस्फोट हुँदा...

अमेरिकन राष्ट्रपति वाइडनले अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग शुक्रबार वार्ता गर्ने

इकागज | फागुन २६, २०७७

वासिङ्टन : अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरूसँग पहिलो प...