विश्व

म्यान्मारमा सैन्य शासनविरुद्ध ‘आन्दोलन’ लाई निरन्तरता दिने सुकीलगायत समूहको प्रतिबद्धता

इकागज | चैत २, २०७७

न्यापित : म्यानमारमा गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै नेता मान विन खाइन थानले सैन्य शासनविरुद्ध ‘आन्दोलन’ लाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

उनले भने,  'अहिलेको अवस्था देशका लागि सबैभन्दा अँध्यारो क्षण हो । साथै छिट्टै बिहानी आउन लागेको अवस्था पनि हो ।' सेनाले पक्राउ गर्नुअघि नै भाग्न सफल एनडीएलका सांसदहरूले ‘सीआरपीएच’ नामक एउटा समिति गठन गरेका थिए । मान विन खाइन थान त्यसका प्रमुख छन् र सीआरपीएचले म्यान्मारको आधिकारिक सरकारका रूपमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्न खोजिरहेको छ ।

भूमिगत रहेर नै उहाँले सैन्य ‘कू’ स्वीकार गर्न नमान्ने सांसदहरूको एउटा समूहको नेतृत्व गरिरहनुभएको छ । सैन्य शासनविरूद्ध भएको आन्दोलनका क्रममा शनिवार म्यान्मारमा १२ प्रदर्शनकारीहरूको मृत्यु भएको छ ।

सेनाले सत्ता हातमा लिएर नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) की नेत्री आङ सान सूकीलाई नियन्त्रणमा लिएपछि म्यान्मारमा आन्दोलन भइरहेको छ । गत वर्षको निर्वाचनमा एनएलडी बहुमतसहित विजयी भएको थियो । तर सेनाले उक्त निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै बहुमत प्राप्त समूहलाई नेतृत्व नदिई सैनिक सक्रियतामा सरकार गठन गरेको छ । यद्यपि सेनाले एक वर्षभित्र निर्वाचन गरी निर्वाचित सरकारलाई नेतृत्व सुम्पन आफु तयार रहेको धारणा सार्वजनिक गर्दै आएको छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू भने सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको सेनाको दाबीसँग असहमत रहँदै आएका छन् । उनीहरूले निर्वाचनका क्रममा कुनै पनि किसिमको अनियमितता नपाएको जनाएका छन् । (एएफपी) 

अमेरिकी रक्षामन्त्री जापान र दक्षिण कोरियाको भ्रमण सकेर भारत आउँदै

इकागज | चैत १, २०७७

काठमाडौँ: अमेरिकी रक्षामन्त्री लयड अस्टिन हाम्रो छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा आउने भएका छन् । यसै...

क्‍वाड बैठकको निर्णयः खोप वितरणदेखि दूरसञ्‍चार उपकरण उत्पादनमा सहकार्यसम्‍म

इकागज | फागुन २९, २०७७

काठमाडौँ: अमेरिका, अस्ट्रेलिया, जापान र भारतले कोभिड–१९ खोप वितरणमा सहकार्य गर्ने भएका छन् । शनि...

द्वन्द्व रोक्ने काममा पहल गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

इकागज | फागुन २९, २०७७

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा द्वन्द्व रोक्ने कामका लागि अधिक...

केन्यामा तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी, फेरि दुई महिना कर्फ्यू घोषणा

इकागज | फागुन २९, २०७७

नैरोबी : केन्यामा फेरि दुई महिनाका लागि कर्फ्यूको घोषणा गरिएको छ । राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार ...

अमेरिकी र चिनियाँ कुटनीतिज्ञहरुबीच अर्को साता भेटवार्ता तय

इकागज | फागुन २८, २०७७

वासिङ्टन : वरिष्ठ अमेरिकी तथा चिनियाँ अधिकारीहरुबीच अर्को साता प्रत्यक्ष भेटवार्ता हुने भएको छ । अमेरिकी...

अमेरिकी कङ्ग्रेसद्वारा १९ खर्ब डलरको कोभिड राहत प्याकेज स्वीकृत

इकागज | फागुन २८, २०७७

काठमाडौँ :​ अमेरिकी राष्ट्रपति जो वाइडन ह्वाइट हाउस आएसँगै अघि बढाएको १९ खर्ब डलरको कोभिड-१९ राहत प्या...