विश्व

थाल ठटाएर सैनिक ‘कू’ को विरोध गरेपछि म्यानमारमा फेसबुक बन्द !

इकागज | माघ २२, २०७७

काठमाडौँ : सेनाले सत्ता हातमा लिएको म्यानमारमा फेसबुक बन्द भएको छ । बुधबार बेलूकी थाल ठटाएर म्यानमारका नागरिकले सैनिक ‘कू’को विरोध गरेका थिए । थाल ठटाउँदै गरेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि सेनाले फेसबुक बन्द गराएको हो ।

फेसबुकमार्फत सैनिक कू को विरोध बढेपछि त्यसलाई रोक्न फेसबुक बन्द गराइएको म्यानमारबाट नेपाली पत्रकार दीपक भट्टराईले जानकारी दिएका छन् । फेसबुक बन्द भएको जानकारी गराउँदै उनले ट्वीटरमा लेखेका छन्, ‘मेरो फेसबुक बन्द भयो। ट्विटर कहिलेसम्म चल्छ थाहा छैन।’

फेसबुकमार्फत कू को विरोध गर्न थालेपछि त्यहाँको सैनिक सरकारले इन्टरनेट प्रदायक कम्पनीलाई फेसबुक बन्द गर्न निर्देशन दिएको थियो । गएको सोमबार म्यानमार सेनाले राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेता कार्यकर्तालाई पक्राउ गरेर एक वर्षे संकटकाल घोषणा गरेको छ । 

फिलिपिन्सको पर्यटन क्षेत्रमा कोभिडको व्यापक असर, ८ अर्ब डलर राजश्व गुम्यो

इकागज | माघ २२, २०७७

मनिला : कोरोनाभाइरस महामारीका कारण पर्यटन क्षेत्रमा मन्दी आएसँगै फिलिपिन्सको पर्यटन राजश्वमा सन् २०२० मा ...

चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई भेट्‍ने पहिलो नेपाली वैज्ञानिक

अजय अलौकिक | माघ २१, २०७७

बेइजिङः 'पाखा पखेरूमा जन्मेको म विश्‍वकै शक्तिशाली राष्ट्रका सरकार प्रमुखसँग भेट गर्ने अवसर जुर्&...

साइबर अपराध तथा ठगीमा संलग्‍न नेपालमा समातिएका १२२ चिनियाँहरू जेल चलान

अजय अलौकिक | माघ २०, २०७७

बेइजिङः गत वर्ष २०७६ पुसमा नेपालमा समातिएका १२२ चिनियाँहरू जेल चलान भएका छन् । हालै मात्र चीनको क्&zw...