विश्व

मेक्सिको-अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

इकागज | माघ १२, २०७७

सियुदाद भिक्टोरिया, मेक्सिको : अमेरिकाको सिमाना नजिक मेक्सिकोमा कम्तिमा १९ व्यक्ति मृत भेटिएका छन् । उक्त क्षेत्र लागु औषध ओसारपसारका लागि प्रयोग हुनेगरेको क्षेत्र भएको र त्यहाँ प्रायः झगडा हुनेगरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ ।

प्रहरीले शनिबार कार्मागो शहर नजिकैको मेक्सिकोकोे सडकमा मानव अवशेष भएको दुई वटा गाडीहरू भेट्टाएको पुष्टि गरेको छ ।

पीडितलाई गोली लागेको थियो र त्यसपछि उनीहरूको शरीरलाई जलाएर राखेको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ । घटनास्थलमा कुनै गोलीका छर्रा नभेटिएको बताउँदै प्रहरीले पीडितहरू अर्कै ठाउँमा मारिएका हुनसक्ने बताएको छ । 

अभियोजनकर्ताहरूको कार्यालयले लासको परीक्षण चलिरहेको छ तर मृत शरीरको अवस्थाका कारण व्यक्तिको पहिचान जटिल हुने अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ ।

करमागो करीव १५ हजार व्यक्तिको बसोबास रहेको अमेरिकाको टेक्सास राज्यको सिमानामा पर्ने मेक्सिकोको न्युभो लियोन राज्यको नजिक रहेको एउटा बजार क्षेत्र हो ।

न्यूभो लिओनका अधिकारीहरूले आफूहरूले अनुसन्धानका लागि तामाउलिपास अभियोजनकर्तालाई सहयोग गरिरहेको बताएका छन् । (एएफपी)

चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

इकागज | माघ १२, २०७७

चीन : चीनले सन् २०२० मा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको चिनियाँ राष्ट्रिय तथ्याङ्क विभ...

डेनमार्क शरणार्थी नियन्त्रण नीतिलाई थप कडा बनाउने : प्रधानमन्त्री फ्रेडरिकसेन

इकागज | माघ १०, २०७७

कोपेनहेगन : डेनमार्कले आप्रबासी शरणार्थीबारे आफ्नो अडानलाई थप कडा बनाउने बताएको छ । शरणार्थी प्रवेशमा क...

बाइडनको प्राथमिकता सबै मित्र मुलुकलाई सुनाउँदै

काठमाडौँ : अमेरिकाले डोनाल्ड ट्रम्पका कारण अप्ठ्यारोमा परेको बाह्य विश्वसँगको सम्बन्धमा फेरि सक्रिय हातोमाल...

भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड खोप लगाउने

इकागज | माघ ९, २०७७

नयाँदिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड-१९ विरुद्धको ख...