एरिजोनामा पनि हारे ट्रम्प, बाइडेनको पक्षमा सिनेटको भोट
अमेरिकाको हाउसले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको पक्षमा निर्णायक मत दिएको छ । एरिजोना राज्यमा इलेक्ट्रोरल भोटमा धाँधली भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले अमेरिकी हाउस सिनेटमा मुद्दा दायर गरेका थिए । बुधबार राति भएको चुनावमा जो बाइडनको पक्षमा बहुमत देखिएको थियो । जो बाइडनको पक्षमा ३ सय ०३ मत खसेको थियो भने ट्रम्पको समर्थनमा १ सय २१ मत खस्यो ।
बुधबार बिहान ट्रम्प समर्थकले राजधानी वासिङटन डिसीमा समेत तोडफोड गरेका थिए । ट्रम्पले चुनावको नतिजा सार्वजनिक हुन थालेदेखि नै चुनावमा बाइडन पक्षले धाँधली गरेको आरोप लगाउँदै आएका थिए । डिसीको संसद भवनमा भएको झडपमा ४ जनाको मृत्युसमेत भएको छ ।
ट्रम्पले बाइडेनलाई सजिलोगरी सत्ता हस्तान्तरण गर्न खोजिरहेका छैनन् । उनले सुरुदेखि नै चुनाव नतिजा आफूले नमान्ने घोषणा गर्दै आइरहेका छन् । अरिजोना झैं पेन्सेल्भिनियामा पनि ट्रम्प पक्षधरले इलेक्ट्रोरल भोटमा धाँधली भएको भन्दै मुद्दा दायर गरेका छन् । (एपीबाट)