बैंक-वित्त

सिद्धार्थ बैंकलाई ‘अन्तर-बैंक पुरुष फुटसल’ को उपाधि

इकागज |
बैशाख १३, २०८१ बिहीबार १८:२९ बजे

काठमाडौँ- ​सिद्धार्थ बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयले आयोजना गरेको ‘अन्तर-बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । वैशाख ९ देखि १२ गतेसम्म आयोजना भएको उक्त प्रतियोगितामा १९ बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो । 

बुधबार वीरगञ्जस्थित हाम्रो फुटसल मैदानमा भएको फाइनल खेलमा प्रतिस्पर्धी टिमलाई ६-० गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधि जितेको हो । विजेता टिमलाई वीरगञ्ज उप-महानगरपालिकाका मेयर राजेश मान सिंहले ट्रफी हस्तान्तरण गरेका थिए । सो फाइनल खेलमा ४ गोल गर्दै म्यान अफ द म्याच सिद्धार्थ बैंकका सुदिप ताम्राकार भएका थिए । साथै, उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकका प्रज्वल जंग कार्की उत्कृष्ट गोलरक्षक र सिद्धार्थ बैंककै पुष्प दनुवार सर्वोकृष्ट खेलाडीका रूपमा पुरस्कृत भएका थिए ।
 



Author

थप समाचार
x