फुटबल

रियललाई च्याम्पियन्स लिगको उपाधि

इकागज |
जेठ १५, २०७९ आइतबार १०:८ बजे

काठमाडौँ – रियल म्याड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि हात पारेको छ । फ्रान्सको पेरसमा भएको फाइनलमा स्पेनिस क्लब रियलले इंग्लिस क्लब लिभरपुललाई १-० ले पराजित गर्दै उपाधि जितेको हो ।

भिनिसियस जुनियरले ५९ औं मिनेटमा गरेको एकमात्र गोल नै रियललाई उपाधि दिलाउन सफल भयो । लिभरपुल समर्थकहरु मैदानमा छिर्न नपाएका कारण तनाव सृजना गरेपछि खेल ३० मिनेट ढिलो सुरु भएको थियो ।


पराजयसँगै ७ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लिभरपुलको सपना भने चकनाचुर भएको छ । यस अघि यसै सिजनमा चेल्सीलाई दुईपटक पेनाल्टीमा पराजित गर्दै लिभरपुलले कारवाओ कप र एफए कपको उपाधि जितेको थियो । तर प्रिमियर लिगमा भने म्यानचेस्टर सिटीसँग केवल एक अंकले पछि परेपछि उपाधि जित्न सकेन ।

अर्कोतर्फ चार पटक च्याम्पियन्स लिगको उपाधि जित्ने कार्लोस एन्सेलोटी पहिलो प्रशिक्षक बनेका छन् । 

 


Author

थप समाचार
x