पूर्वाधार

लामो समयदेखि अवरुद्ध तिनपिप्ले-रानीपौवा सडक निर्माण सुरु

इकागज |
चैत १६, २०८० शुक्रबार १६:३३ बजे

काठमाडौँ - लामो समयदेखि अवरुद्ध रहेको पासाङ ल्हामु राजमार्गको तिनपिप्ले-रानीपौवा सडकखण्ड निर्माण सुरु भएको छ । ककनी गाउँपालिकाका अध्यक्ष सज्जन तामाङले आज निर्माण कार्यको उद्घाटन गरेका हुन ।

तिनपिप्ले-पिपलटार सडकमध्ये पहिलो चरणमा तिनपिप्ले देखि रानीपौवासम्मको निर्माणको जिम्मा मोतीदान कन्स्ट्रक्सन सेवाले ८३ करोड ३१ लाख रुपैयाँमा पाएको हो । 


निर्माण ठेक्का अवधि दुई वर्ष रहेको छ । २०८० फागुन ३० गते सम्झौता भएको र २०८२ फागुन २९ सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ । पहिलो चरणमा १४.५ किलोमिटर कालोपत्रे सहित निर्माण हुने भएको छ । रानीपौवा बजारबाट २ किलोमिटर तलसम्म सडक कालोपत्रे गर्न सकिने निर्माण कम्पनीले जनाएको छ ।

बालाजु–रानीपौवा–पीपलटार सडकको कुल दूरी भने ५५.५ किमि छ । उक्त दूरीमध्ये केही खण्डमा काम भइसकेको छ । उक्त सडकको सुरु ठेक्काअनुसार काम नभएपछि ठेक्का तोडेर दोस्रो ठेक्का गरिएको हो । सुरुमा बालाजु–रानीपौवा खण्डको ठेक्का भएको थियो । तर सात पटक म्याद थप्दा गर्दा पनि काम सकिएन ।

काममा कुनै प्रगति नभएपछि बालाजु–रानीपौवा खण्डको ठेक्का लिने इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सन जेभीसँग ०७९ असार ५ मा सम्झौता तोडिएको थियो । 


Author

थप समाचार
x