राजनीति

निजगढ विमानस्थलको निर्माण कार्य रोक्ने सर्वोच्चको आदेश दुःखद : पुष्पाकुमारी कायस्थ

इकागज |
जेठ १४, २०७९ शनिबार १२:५५ बजे

काठमाडौं – नेकपा माओवादी केन्द्रकी नेतृ पुष्पाकुमारी कर्ण कायस्थले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न सर्वोच्च अदालतले दिएको आदेश दुःखद भएको बताएकी छन् । 

सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले निजगढ विमानस्थल राष्ट्रको गौरवको आयोजना भएकाले सर्वोच्चले रोक्न दिएको आदेश दुःखद भएको बताएकी हुन् । 


कायस्थले निजगढ विमानस्थलको निर्माणको कार्य विस्तृत अध्ययनका आधारमा रहेको बताएकी छन् । 

‘यो एयरपोर्ट निर्माणमा पर्यावरणलगायत सबै समस्याका समाधानका उपायहरू विज्ञहरूले विस्तृत अध्ययनका आधारमा सुझाएका छन्,’ कायस्थले भनिन्, ‘म फैसलाको पुनरावलोकन गर्न सम्मानित सर्वोच्च अदालतलाई अनुरोध गर्दछु ।’


Author

थप समाचार
x