राजनीति

पूर्वराजाले यसपालि सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने

इकागज |
असोज १६, २०७९ आइतबार १२:१६ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालि सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने भएका छन् । पछिल्लो समय देशव्यापी रूपमा विकसित भइरहेको डेंगुको प्रकोप र त्यसले जनजीवनमा पारेको प्रभावका कारण पूर्वराजा शाहले सर्वसाधारणलाई टीका नलगाउने भएका हुन् । 

शाहका सञ्चार विभागका सचिव फणि पाठकले आइतबार बिहान प्रेस वक्तव्य जारी गर्दै लेखेका छन्, ‘स्वास्थ्यका कारण नेपाली जनजीवन आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको हो । उहाँ (पूर्वराजा शाह)ले यसपटक विजया दशमीको दिन सर्वसाधारणलाई टीका लगाउने र शक्तिपीठको दर्शन गर्ने कार्यक्रम छैन ।’


विज्ञप्तिमा शाहले शक्तिपीठहरूको दर्शन पनि नगर्ने जनाइएको छ । शाहले आफ्नो निवासमा पूजाअर्चना भने गर्ने उल्लेख छ । 

 


Author

थप समाचार
x