विश्व

‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनल बनाउँदै दुबई

इकागज |
बैशाख १७, २०८१ सोमबार १७:५० बजे

काठमाडौँ - दुबईले अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको घोषणा गरेको छ । आइतबार दुबईले यो घोषणा गरेको हो । 

दुबईका शासकले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने दाबी गरेका छन् । दुबईका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले सामाजिक सञ्जाल एक्समा भने, “हामीले मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ यात्री टर्मिनको डिजाइनलाई स्वीकृति दिएका छौँ, एक खर्ब २८ अर्ब एइडी (३४ अर्ब ८५ करोड अमेरिकी डलर) अर्थात आजको विनिमय दर अनुसार ४५ खर्ब ६६ अर्ब रुपैयाँको लागतमा भवनको निर्माण सुरु भइरहेको छ ।”


एक पटक पूर्णरूपमा सञ्चालन भएपछि विमानस्थलले वार्षिक २६ करोड यात्री क्षमताको व्यवस्थापन गर्ने बताइएको छ । शेख मोहम्मदका अनुसार विमानस्थल विश्वको सबैभन्दा बढी क्षमता’ को हुनेछ र हालको दुबई अन्तर्राष्ट्रिय विमानस्थल भन्दा पाँच गुणा ठूलो हुनेछ ।’ दुबई अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा व्यस्त विमानस्थलमध्येको एक हो ।


Author

थप समाचार
x