नेकपा एमाले १०औँ महाधिवेशन

प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध, प्रदेश–२ का सबै विजयी हुने

इकागज |
मंसिर १३, २०७८ सोमबार १५:२६ बजे

काठमाडौँ - नेकपा एमालेको १० औं महाधिवेशनवाट प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध भएका छन । केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सुचना अनुसार प्रदेश २ बाट खुल्लातर्फ पुरुष ६ जना र महिला ३ जना गरी ९ जनाको कोटामा थप उम्मेदवारी नपरे पछि साह केन्द्रीय कमिटीमा विजयी हुने भएका हुन । प्रदेश २ का अन्य ९ जना पनि निर्विरोध केन्द्रीय सदस्य चयन हुने भएका हुन् ।  

प्रदेश–२ वाट पूर्व माओवादी नेता साहसहित अरबिन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलनाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटावाट केन्द्रीय कमिटीमा पुग्ने भएका छन भने महिला कोटावाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखा कुमारी झा रहेका छन । यद्यपि, औपचारिक रुपमा केन्द्रीय निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ । 



Author

थप समाचार
x