नेकपा एमाले १०औँ महाधिवेशन

दलित र मधेसी महिलातर्फका १० केन्द्रीय सदस्य निर्विरोध

इकागज |
मंसिर १३, २०७८ सोमबार १५:५३ बजे

चितवन - एमालेको १०औं महाधिवेशनबाट दलित महिला सदस्यतर्फका चार जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । 

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार दलिततर्फका चार जना केन्द्रीय सदस्यमा विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाइली निर्विरोध निर्वाचित भएका हुन् । 


चार सदस्यमध्ये चार जनाको मात्र मनोनयन दर्ता भएका कारण उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । 

दलित पुरुषतर्फका आठ जना केन्द्रीय सदस्यमा ११ जनाको मनोनयन दर्ता भएको छ । मधेसी महिला क्लस्टरका ६ जना केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।  

निर्वाचन समितिका अनुसार सो पदका लागि कमलादेवी महता, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी शाह, शिला यादव र सरिताकुमारी गिरी (यादव)को मात्र मनोनयन दर्ता भएकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । 


Author

थप समाचार
x