नेकपा एमाले १०औँ महाधिवेशन

हालसम्‍म १३२५ मत खस्यो, मतदानको समय थप्‍ने तयारी

इकागज |
मंसिर १४, २०७८ मंगलबार ८:५२ बजे

काठमाडौँ- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान जारी छ । मंगलबार बिहान ४ बजेपछि मात्रै मतदान सुरु भएको हो ।

मंगलबार बिहान ८:३० बजेसम्म १३२५ जनाले मतदान गरेका छन् । एमाले महाधिवेशनमा २१७५ जना प्रतिनिधि छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाकाअनुसार १० बजेसम्म मतदान समय तोकिएकोमा नसकिने देखिएको छ । १० बजेपछि मतदानको समय थप्‍ने तयारी छ । मतदान जारी छ ।


अध्यक्षमा केपी ओली र भीम रावल चुनावमा भिडेका छन् । उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली उठेका छन् । 

सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याल उम्मेद्‍वार बनाएका छन् ।


Author

थप समाचार
x