नेकपा एमाले १०औँ महाधिवेशन

अध्यक्षबाहेक कुनै पदमा मेरो उम्मेदवारी छैनः भीम रावल

इकागज |
मंसिर १४, २०७८ मंगलबार ११:४४ बजे

चितवन- नेकपा एमालेका नेता भीम रावलले अध्यक्षबाहेक कुनै पदमा आफ्नो उम्मेदवारी नभएको स्पष्ट पारेका छन् । मतपत्रमा सदस्यमा पनि भीम रावलको नाम भएपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा रावलले अध्यक्ष पदबाहेक अन्यमा उम्मेदवारी नभएको स्पष्ट पारेका हुन् । 

उनले भने, 'अध्यक्षबाहेक अन्य पदमा मेरो उम्मेदवारी छैन । अरु (केन्द्रीय सदस्य) पदमा जिते पनि सपथ लिन्न। अध्यक्षमा मात्रै जिते सपथ लिन्छु।'


मतपत्रमा रावलको केन्द्रीय सदस्यमा पनि नाम पाइएको थियो । यसअघिको आठौं महाधिवेशनमा पनि आफ्नो नाम केन्द्रीय सदस्यमा पनि राखिएको उनले बताए । 

रावलले नेकपा एमाले र निर्वाचन आयोगको आचारसंहिता विपरीत केही समूहले समूहगत सूची बाँडेको प्रति आपति जनाएका छन् । आचारसंहिता विपरीत समूहगत सूची बाड्न नपाइने भएपनि एमाले महाधिवेशनमा मतदानका लागि जाने प्रतिनिधिलाई समूहगत सूची बाँडिएको थियो । 

रावलले भने, 'मैले रोक्न प्रयास गरे सुरक्षाकर्मीलाई पनि भने तर त्यो रोकिएन, मैले थाहा पाउँदासम्म एक रिम समूहगत सूची बाँडिसकेका रहेछन् ।'

निर्वाचन समिति र सुरक्षाकर्मीलाई त्यसबारे जानकारी गराउँदा हातपातको समेत प्रयास भएको उनले बताए ।

 


Author

थप समाचार
x