प्रवास

एनआरएन अस्ट्रेलिया निर्वाचन : विनोद कुँवरको टिममा को-को अटाए ?

इकागज |
असार २४, २०८० आइतबार ७:४६ बजे

काठमाडौँ- एनआरएन अस्ट्रेलियाको निर्वाचन नजिकिँदै छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारको दाबेदारहरू पनि बढ्‌दै गएका छन् ।

युवा अभियन्ता इन्जिनियर विनोद कुँवरले एनएसडब्लु राज्य अर्थात सिड्‌नीको संयोजक पदका लागि आफ्‍नो टिमको घोषणा गरेका छन् ।


त्यस्तै उपसंयोजकमा पर्यटकीय नगरी न्युक्यासलबाट अमर रसाइलीले उम्मेदवारी दिने भएका छन् । 

सचिवमा युवा अभियन्ता कल्याण खड्का, सह सचिवमा सुवास मैनाली, कोषाध्यक्षमा राज पाख्रीन कुँवरको टिममा अटाएका छन् ।  त्यस्तै महिला संयोजकमा सुजना श्रेष्ठले उम्मेदवारी दिएकी छन् ।

त्यस्तै एनसिसी सदस्यका लागि तेज कवें, बद्री बरुवाल , सन्तोष श्रेष्ठ, विमल कँडेल, रोशन भट्टराई, प्रकाश पाण्डे टिममा अटाएका छन् ।

त्यसैगरी एससिसी उम्मेदवारका रूपमा वीरेन्द्र क्षेत्री, प्रमोद न्यौपाने, विशाल वन, केपी सेढाइँ, ब्रसीस सुवाल, बाबुराज कडारिया, पुजा प्रधानलगायत छन् । 

त्यस्तै​ एनआरएन अस्ट्रेलियाको अध्यक्षका लागि अनिल पोखरलले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएन अस्ट्रेलियाको महासचिवमा सन्तोष कुँवर, कोषाध्यक्षमा अर्जुन गौतम , सह कोषाध्यक्षमा रोजी पन्त तथा युवा संयोजकमा सुमन बोहोराको नाम सार्वजनिक गरिएको छ । 

त्यस्तै आइसिसीमा डिल्ली ढकाल र रमेश अधिकारीले आइसिसी सदस्यको पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए ।

कुँवर यसअघि एनआरएन एनएसडब्लुका सचिव थिए ।


Author

थप समाचार
x