प्रवास

स्वास्थ्यमन्त्री बस्नेत बेलायतमा

इकागज |
असार ३१, २०८० आइतबार ६:४० बजे

लन्डन- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत बेलायत आइपुगेका छन् । 

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार उनी एक निजी भ्रमणका शिलशिलामा  लण्डन आएका हुन् ।


शुक्रबार साँझ लन्डन आइपुगेका उनलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङलगायतले लण्डन विमानस्थलमा स्वागत गरेका थिए । निजी भ्रमणमै आएका भए पनि मन्त्री बस्नेतले बेलायती स्वास्थ्यमन्त्री स्टिभ बार्कलेसँग भेट्ने र यहाँका केही अस्पतालहरूको भ्रमण गर्ने पनि कार्यक्रम छ ।

त्यस्तै, जनसम्पर्क समिति बेलायतले पनि उनको सम्मानमा आइतबार बेलुका अल्डरसटमा एक स्वागत कार्यक्रम गर्ने भएकाे छ ।  


Author

थप समाचार
x