प्रवास

फेसबुकमा स्टाटस लेखेर रक्तदाता अर्जुन मैनालीले गरे आत्मदाह

इकागज |
माघ २९, २०८० सोमबार १५:८ बजे

काठमाडौँ- दुई सय पटकभन्दा बढी रक्तदान गरिसकेका रक्तदाता अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ ।

अमेरिका निवासी पुरुषोत्तम ढकालले दिएको जानकारी अनुसार प्रहरीले पूर्ण रूपमा जलेको अवस्थामा शव भेट्टाएको हो । परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिइसकेको पनि उनको भनाइ छ ।


मैनालीले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले आत्महत्या गर्न लागेको बताएका थिए । मैनालीले आफ्नो स्टाटसमा साला र उनकी पत्नीप्रति गुनासो गरेका छन् ।

उनले श्रीमती ताराको नाममा आफू परलोक जान लागेको भन्दै पत्र लेखेपछि उनीप्रति साचो बढेको थियो । उनले आज म परलोक जाँदै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाई मार्न हतियार चाहिँदो रहेन छ, शब्द पनि काफी हुँदो रहेछ भनेर लेखेका छन् ।

मैनालीको फेसबुक स्ट्याटस जस्ताको तस्तै:


Author

थप समाचार
x