प्रवास

कोरियामा रहेका नेपालीले सेप्टेम्बरदेखि खोप पाउने

इकागज |
भदौ ९, २०७८ बुधबार १८:३७ बजे

काठमाडौँ – रोजगारी र शिक्षालगायत कामले दक्षिण कोरियामा रहेका नेपालीले सेप्टेम्बर महिनादेखि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

कोरियाली साथै त्यहाँ रहेका विभिन्न देशका नागरिकलाई खोप लगाउन कोरियाली सरकारले नीति बनाएपछि त्यहाँ रहेका नेपालीले पनि कोरोनाविरुद्धको खोप पाउने सुनिश्चित भएको हो । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपिएस)मार्फत काम गर्न गएका कामदार ३५ हजारभन्दा बढी रहेका छन् भने अध्ययन, व्यवसाय र अन्य पेशामा भएका नेपालीको संख्या ५ हजारभन्दा बढी छ ।


त्यहाँ रहेका नेपालीले घरबाटै फोन या इन्टरनेट प्रयोग गरेर आफू अनुकूलको समयमा खोप लिने समय मिलाउनसक्ने व्यवस्था छ । करिब ६ करोड जनसंख्या रहेको कोरियामा ५० वर्षभन्दा माथि उमेरकाले खोप लगाइसकेका छन् । यस्तै १८ वर्षदेखि ४९ वर्षसम्मका लागि भने गत सातादेखि खोप लगाउन सुरु भएको छ । 


Author

थप समाचार
x