प्रवास

कोरिया जाने कामदारले क्‍वारेन्टाइन खर्च १५ सय डलर तिर्नुपर्ने

वीरेन्द्र सैनिक अस्पतालमा कोभिडविरुद्धको खोप पाउने

इकागज |
असोज १९, २०७८ मंगलबार २१:३ बजे

फाइल तस्बिर

काठमाडौँ-  कोरिया जाने नेपाली कामदारले कोभिडविरुद्धको खोप लगाउनुपर्ने भएको छ । ईपीएस कोरिया शाखाले प्रकाशित गरेको ११९ जनाले वीरेन्द्र सैनिक अस्पतालमा छाउनीमा गई खोप लगाउनु पर्नेछ ।

एक डोज मात्र लगाएकाले पनि लगाउनुपर्ने र अहिलेसम्म नलगाएकले पनि खोप लगाउनुपर्ने शाखाले आग्रह गरेको छ । कोरिया जानेले शाखाले तोकेको बीमा कम्पनीमा कोभिड बीमा गर्नु पर्नेछ ।


कोरियामा आफ्नै खर्चमा कामदारले क्वारेन्टाइनमा बस्नुपर्ने छ । क्वारेन्टाइन खर्च अमेरिकन १५ सय डलर तिर्नुपर्नेछ । उडान हुनुभन्दा ४८ घण्टा पहिले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने छ । कोभिड नेगेटीभ रिपोर्ट आएकाले मात्र उडान पाउने भएका छन् ।

सन् २०१९ मा फर्केका कमिटेड कामदारहरू जान पाउने भएका हुन् । सीसीभीआईमा प्रकाशित नाम भएकाहरू मात्र जान पाउने छन् । पहिलो चरणमा ५० जना कात्तिक १० जना पाउने भएका छन् ।


Author

थप समाचार
x