प्रवास

गुल्मेली समाज जापानको अध्यक्षमा महेन्द्र

इकागज |
कात्तिक ८, २०७८ सोमबार ८:५१ बजे

जापान- गुल्मेली समाज जापानको अधिवेशन सम्पन्‍न भएको छ । आइतबार टोकियोको सोलमारी मुरा हलमा सम्पन्‍न अधिवेशनले महेन्द्रकुमार अधिकारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमितिको समेत गठन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ५, महिला उपाध्यक्ष १, महासचिव १, सचिव ५, कोषाध्यक्ष १, सह-कोषाध्यक्ष १ लगायतका अन्य सदस्य रहेका छन् । २००९ मा स्थापना भएको समाजको यो चौँथो अधिवेशन हो । रोशन संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल समिति रहेको थियो ।


अधिवेशन निवर्तमान अध्यक्ष शालिकराम भण्डारीको अध्यक्षता, ध्रुब केसीको स्वागत मन्तव्य राखेका थिए । गुल्मीबाट पढाइ व्यापार र कामका लागि जापान आएका नेपालीहरुको संख्या बाक्लो छ ।


Author

थप समाचार
x