प्रवास

मलेसियामा अलपत्र ३४ नेपाली स्वदेश फिर्ता

इकागज |
मंसिर १८, २०७८ शनिबार १४:५० बजे

फाइल तस्‍बिर

काठमाडौँ -  मलेसियामा अलपत्र परेका ३४ नेपाली नागरिक स्वदेश फर्किएका छन् । जापान जान केही दिनअघि ३६ जना नेपाली नागरिक मलेसिया पुगेका थिए । कोभिड-१९ को प्रोटोकलको मापदण्ड पूरा नगरेकाले उनीहरूलाई जापान प्रवेशमा अनुमति पाएका थिएनन् । मलेसियास्थित नेपाली दूतावासको पहलमा जापानको अनुमति प्राप्त गरी दुई जना जापानतर्फ लागेका छन् भने बाँकी मलेसियाबाट फर्किएका हुन् । 

अलपत्र परेका नेपाली नागरिकलाई हिमालयन एयरलायन्‍स, नेपाल एयरलायन्स र मलेसियन एयरलायन्सले एयरलायन्सले सहयोग गरेका थिए । मलेसिया ट्रान्जिट भएर यात्रा गर्ने यात्रुलाई पछिल्लो समय परिवर्तन भएको नियमको जानकारी लिएर मात्रा गर्न दूतावासले अनुरोध गरेको छ ।


 


Author

थप समाचार
x