प्रवास

कोरियाले औद्योगिक क्षेत्रमा ७ हजार नेपाली कामदार लैजाने

इकागज |
फागुन ३०, २०७८ सोमबार ९:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- कोरियाले करिब १० हजार नेपाली कामदार लैजाने भएको छ । भाषा र सीप परीक्षामा उत्तिर्ण गरेका मध्येबाट उक्त संख्यामा दुई क्षेत्रमा कामदार लैजाने भएको हो ।

ईपीएश कोरिया शाखाकाअनुसार परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कका आधारमा बढी अंक प्राप्त गर्नेहरूलाई पहिलो प्राथमिकतामा राख्‍ने छ । रोष्टरमा उत्तिर्ण सूचीकृत मध्ये औद्योगिक क्षेत्रमा ९ हजार ६५४ मध्ये औद्योगिक क्षेत्रमा ६ हजार ९१३ र कृषि क्षेत्रमा २ हजार ७४१ कामदारको नतिजा प्रकाशन गर्ने छ । कामदारको मागअनुसार संख्यामा थपघट पनि हुन सक्नेछ ।


एक व्यक्तिले परीक्षामा एउटा क्षेत्रमा मात्र फर्म पाउनेछन् । उत्पादनमुलक क्षेत्रतर्फ फर्म भर्दा एसेम्बल, मेजर्स र जोइन मध्ये कुनै एक उपक्षेत्र छनौट गर्नुपर्नेछ । कृषि पशुपालन क्षेत्रमा फर्म भर्नेले एग्रीकल्चर र लाइभस्टक मध्ये एक छनौट गर्नुपर्नेछ ।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले सोमबार सार्वजनिक सूचना जारी गरेर १४ देखि २१ गतेसम्म आवेदन खुल्ने जानकारी दिएको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन् । 

कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो ।  कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा २९ वैशाखदेखि १३ जेठसम्म तथा दोस्रो परीक्षा २४ जेठदेखि १६ असारसम्म हुनेछ । उत्पादनमूलक क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा २० असारदेखि १० भदौ र दोस्रो परीक्षा १६ भदौदेखि २१ असोजसम्म हुनेछ ।

सार्वजनिक सूचना अनुसार उत्पादनमुलक क्षेत्रमा पढाई र सुनाई गरी १०० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तीमा ५५ अंक ल्याउनुपर्नेछ।  ९० पूर्णांकको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तिमा ३६ अंक ल्याउनुपर्नेछ। परीक्षा शुल्क २४ डलर तोकिएको छ। परीक्षा केन्द्र र परीक्षा समय सार्वजनिक भइसकेको छैन ।

 


Author

थप समाचार
x