कृषि

सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच साझेदारी पत्रमा हस्ताक्षर

इकागज |
मंसिर २१, २०८० बिहीबार २०:३३ बजे

काठमाडौँ- नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रले एक दशक लामो साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । बुधबार नेपाल सरकारका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र मकै तथा गहुँ सुधार केन्द्रका महानिर्देशक ब्राम गोवर्टले दश वर्षे सहयोग सम्झौतामा कृषि मन्त्री बेदुराम भुसालको उपस्थितिमा हस्ताक्षर गरेका हुन् ।

नेपालमा कृषि क्षेत्रको बढी उत्पादन र व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो ऐतिहासिक साझेदारी गरिएको हो । यसका साथै कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्याउन दुवै निकायको प्रतिबद्धतालाई यो साझेदारीले बलियो बनाउने बताइएकाे छ । 


यो १० वर्षे समझदारीपत्रले नेपालको कृषि क्षेत्रमा दिगो प्रभावहरू हासिल गर्न नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सिम्याट दुवैको प्रतिबद्धता झल्काउने साझेदारी पत्रमा उल्लेख छ ।

हस्ताक्षरपश्चात मन्त्री भुसालले उक्त साझेदारीले कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

यसले कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने बताइएको छ । समझदारीले कृषि क्षेत्रको अनुसन्धान, ज्ञान आदानप्रदान र नवीन प्रविधिको प्रयोगमार्फत नेपालका कृषकहरूले सामना गरिरहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने साझेदारी पत्रमा उल्लेख छ । 

यो समझदारीले लामो समयदेखिको यी निकायहरूको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विश्वास लिइएको छ । समझदारीले नेपालको कृषि विकास रणनीति (सन् २०१५-२०३५) मा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।   ​


Author

थप समाचार
x