कला

सोमबारदेखि दिल्लीमा खुल्दै सिनेमा घर, ५० प्रतिशत दर्शक राख्‍न पाइने

इकागज |
साउन १०, २०७८ आइतबार १७:५८ बजे

दिल्ली :  दिल्ली सरकारले सोमबारदेखि हल खुल्ला गर्ने निर्णय गरेको छ । सरकारले कोभिड–१९ को दोस्रो लहर थामिएरु जनजीवन लकडाउन खोल्ने निर्णय गरेसँगै सिनेमाघर पनि खोल्ने निर्णय गरेको हो । हलले ५० प्रतिशत दर्शकलाई मात्र छिराएर फिल्म देखाउन सक्नेछन् । 

दिल्ली हिन्दी सिनेमाको सबैभन्दा ठूलो बजार मानिन्छ । दिल्लीसँगै महाराष्ट्र पनि हिन्दी सिनेमाको सबैभन्दा ठूलो बजार हो । तर, महाराष्ट्र सरकारले भने हल खोल्ने निर्णय गरिसकेको छैन । 


महाराष्ट्र सरकारले पनि हल खोल्ने निर्णय गर्यो भने मात्र नयाँ फिल्म रिलिज हुने व्यापार विश्लेषक बताउँछन् । यदि महाराष्ट्र सरकारले पनि दिल्ली सरकारको निर्णय पछ्यायो भने चाहिँ अगस्टदेखि नयाँ फिल्म रिलिज हुनेछन् ।

दोस्रो लहर आउनु अघि यशराज फिल्मस्ले कम्तिमा आधा दर्जन फिल्मको प्रदर्शन मिति तोकेको थियो भने अक्षयकुमारले पनि आफू अभिनीत केही फिल्म प्रदर्शन गर्ने घोषणा गरेका थिए । यसमा एउटा ‘बेल बटम’ पनि थियो । यो फिल्म अगस्ट १५ मा रिलिज हुने तयारीमा थियो । 
 


Author

थप समाचार
x