कला

मिस लिटिल नेवामा भिड्दै २५ किशोरी

इकागज |
भदौ २८, २०७८ सोमबार १६:३४ बजे

काठमाडौँ-  नेवार समुदायका किशोरीहरूलाई आप्mनो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उद्येश्यले नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको मिस लिटिल नेवा ः यस वर्ष पनि हुने भएको छ ।

नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार कोरोना संक्रमणबाट हुने कोभिड १९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको मिस लिटिल नेवाः यस वर्ष आगामी कात्तिक ६ गते शनिवार राजधानीमा हुनेछ । १३औं संस्करणको यो प्रतियोगितामा भक्तपुर र काठमाडौंका विभिन्न २० स्कुलबाट २५ जना किशोरी अन्तिम स्पर्धामा उत्रँदैछन् । 


प्रतियोगितामा सहभागी किशोरीलाई सुरुदेखि नै नेवारी कला, संस्कृति, धर्म र संस्कारबारे जानकारी दिन नेप्लिज फेसन होमले हालै पूजाआजाका कार्यक्रम आयोजना गरेको छ । जसअनुसार गणेश चौथीका दिन प्रतियोगितामा सामेल किशोरीहरूलाई जनबहालस्थित सेतो मछिन्द्रनाथ मन्दिरमा लगी पूजाआजा गराइएको छ । त्यस अवसरमा प्रतियोगी नेवार किशोरीहरूले विश्व शान्ति तथा कोरोनाबाट छुटकाराको कामना गर्दै पूजाआजा गरेका थिए ।

वडा नम्बर २५ का अध्यक्ष निलकाजी शाक्यको प्रमूख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विभिन्न विज्ञहरुले सेतो मछिन्द्रनाथको महिमा र ऐतिहासिकतबारे सहभागीहरूलाई जानकारी गराएका थिए। प्रतियोगीलाई लाख बत्ती बाल्न पनि सिकाइएको थियो ।

त्यसै गरी प्रतियोगी किशोरीलाई आइतबार महांकाल मन्दिरमा समयबाजी डो बनाउन सिकाएर चढाउन लगाइएको छ । सो अवसरमा समयबाजी डोको महत्वबारे बुझाइएको थियो । समयबाजी डो विभिन्न १४ परिकारबाट तयार पारिएको थियो । 

लिटिल मिस नेवाः लाई मिस नेवाः कि फस्ट रनर्सअप प्रियंका तण्डुकार, बेस्ट पर्सनालिटी पलपसा श्रेष्ठ र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठले कोरियोग्राफी गर्नेछन् । त्यसै गरी मिस नेवाः सुनिता डंगोल र नीतु डंगोलले नेवारी भाषाको प्रशिक्षण दिनेछन् भने विभिन्न विधाका विज्ञहरुले अन्य विषयमा प्रशिक्षण दिनेछन् । 


Author

थप समाचार
x