कला

‘कमेडी च्याम्पियन' को दोस्रो सिजन सुरु

इकागज |
चैत ६, २०७७ शुक्रबार १३:१५ बजे

काठमाडौ :  कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन २’को ग्रान्ड प्रिमियर भएको छ । काठमाडौंको छाया सेन्टरमा सिजन २ को पहिलो भाग देखाइएको हो ।

प्रिमियरमा उत्कृष्ट २४ मा परेका प्रतियोगी चिनाइयो । जज मनोज गजुरेल र हास्यकलाकार सुवोध गौतमको प्रस्तुतिबाट सुरु गरिएको पहिलो भागमा टप २४ मा परेका ४ प्रतियोगीको प्रस्तुति देख्न सकिन्छ ।


प्रतियोगिताको सुरुवातमा सिक्किमका विक्की अग्रवालले प्रस्तुति दिए । कैलाश कार्की, सन्तोष थापा र सुन्दर खनालले पनि पहिलो भागमा नै आफ्नो प्रस्तुति दिएका छन् । यी चारै प्रतियोगीको प्रस्तुतिलाई जजले राम्रो प्रतिकृया दिए ।

जजले रुचाएका यी चार प्रस्तुतिलाई प्रिमियरमा उपस्थित व्यक्तिहरुले पनि निकै रुचाए । प्रस्तुति हेर्दा हलमा हाँसोको गुज्यमान भएको थियो । सो सकिएपछि बाहिरिएका व्यक्तिहरुले पनि निकै राम्रो प्रतिकृया दिए ।

‘कमेडी च्याम्पियन सिजन २’ को प्रसारण २१ फागुनबाट नै सुरु भएको थियो । तर, फिजिकल अडिसनबाट उत्कृष्ट २४ छानेपछि मात्रै ग्रान्ड प्रिमियर गरेको हो ।

यस वर्ष कमेडी च्याम्पियनमा सहभागि हुन ६ हजार भन्दा बढि डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट १ सय २० जनालाई फिजिकल अडिसनका लागि बोलाइएको थियो ।

सोमा यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा जज छन् । विशाल भण्डारीले निर्देशन गरेको यस शोका कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे हुन् ।

कमेडी च्याम्पियन हरेक शुक्रबार र शनिबार कान्तिपुर टिभीमा प्रसारण हुन्छ । त्योसँगै सोलाई ‘ओएसआर रियालिटी’ नामक युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।


Author

थप समाचार
x