अटो

‘वाडौं खुशी चडौं सुजुकी’ योजनमा राजिप नागाले जिते सुनको सिक्का

इकागज |
कात्तिक ५, २०८० आइतबार ८:२३ बजे

काठमाडौँ- भि.जि. अटोमोबाईल्स प्रा.लि.ले यहि कात्तिक २ गते टेकु सोरुममा गरेको फेसबुक लाईभमार्फत दोस्रो बम्पर बिजेताको घोषणा गरेको छ ।

भक्तपुर निवासी राजिप नागाले दोस्रो बम्पर बिजेता बनेर १० ग्राम सुनको सिक्का जित्न सफल भएका छन् ।


यो योजना लागु भए देखि १५ दिनमा नेपालभरिका खरिदकर्ताहरुलाई समाबेश गरी गरेको लक्की ड्र मार्फत नागा दोस्रो बिजेता बन्न सफल भएका छन् ।

उनले टेकु स्थित भि.जि. अटोमोबाईल्स प्रा.लि.को आफ्नै सोरुमबाट एभिनिस १२५ सिसि बि एस ६ खरिद गरेका थिए ।

यस योजना अन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाईकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट वा कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटरसँग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १५ हजार तथा अन्य कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटर संग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १० हजार रुपैयाँ थप मुल्याङ्कन प्राप्त गर्न सक्नेछन् वा शुन्य प्रतिशत ब्याजदरमा फाईनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुनेसमेत कम्पनीले जनाएको छ ।


Author

थप समाचार
x