बैंक-वित्त

आकस्मिक सार्वजनिक बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

इकागज |
फागुन १२, २०७९ शुक्रबार १८:१४ बजे

काठमाडौं- नेपाल राष्ट्र बैंकले सरकारले दिने आकस्मिक बिदामा पनि बैंक तथा वित्तीय संस्थालाई सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै सरकारले आकस्मिक रूपमा दिने सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्थालाई सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।


राष्ट्र बैंकले वार्षिक रूपमा स्वीकृत गरेको बिदाबाहेक सरकारबाट आकस्मिक रूपमा लिने सार्वजनिक बिदाको दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायतका सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सार्वजनिक बिदाको दिन बिहान १० देखि दिउँसो १ः३० बजेसम्म इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।


Author

थप समाचार
x