बैंक-वित्त

छोरीलाई लक्ष्मीको रुपमा अपनाएको भिडियो बनाउनुहोस्, ५० हजार जित्नुहोस्

इकागज |
कात्तिक ३०, २०८० बिहीबार ११:३० बजे

काठमाडौँ- तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान 'लक्ष्मी सनराइज उत्सव' सार्वजनिक गरेको छ । नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक बनाउन लक्ष्मी सनराइज बैंकले यो क्याम्पेन सार्वजनिक गरेको हो ।

अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पुर्‍याउने बैंकको लक्ष्य रहेको जनाएको छ ।


यस अभियानअन्तर्गत बैंकले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरूले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियोमार्फत उजागर गर्न आग्रह गरेको छ ।

यसरी भिडियो बनाएर सामाजिक सञ्‍जालमा राख्‍ने सहभागीहरूमध्ये उत्कृष्ट तीन भिडियोलाई क्रमशः रु ५०,०००, ३०,००० र १५,००० नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ । सहभागीहरूले भिडियो पोस्ट गर्दा बैंकलाई ट्याग गरी ह्यास्ट्याग #laxmisunriseutsab पनि प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ । 


Author

थप समाचार
x