बैंक-वित्त

मिर्मिरे लघुवित्तको नगद लाभांश घोषणा

इकागज |
पुस १६, २०८० सोमबार १३:८ बजे

फाइल तस्बिर

काठमाडौं -मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

 कम्पनीको शुक्रबार (पुस १३ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।


 कम्पनीले करसहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने कम्पनीले २३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र मिर्मिरेको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
 


Author

थप समाचार
x