ब्रान्‍ड

सिजी इलेक्ट्रोनिक्सले प्रमुख डिलरहरूलाई गरायो दुबई भ्रमण

इकागज |
असोज १५, २०८० सोमबार १५:० बजे

काठमाडौँ– सिजी इलेक्ट्रोनिक्सले आफ्ना प्रमुख डिलरहरूलाई दुबई भ्रमण गराएको छ । यो वैदेशिक भ्रमण ५ दिनको रहेको थियो, जसमा नेपालका प्रमुख डिलरहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

पोखराका न्यु साउण्ड एण्ड भिजनका प्रोप्राइटर मनहोर श्रेष्ठले सिजी इलेक्ट्रोनिक्स प्रति आभार व्यक्त गर्दै यस्ता किसिमका भ्रमणहरूले डिलरहरूको मनोबल उच्च हुने तथा आगामी दिनहरूमा कम्पनीले यस्ता किसिमका भ्रमणहरू निरन्तर गरिरहनेछ भन्ने कुरामा विश्वस्त रहेको बताए ।


प्रत्येक वर्ष नेपालभरीका डिलरहरूलाई मनोरञ्जन प्रदान गर्नुको साथ साथै ब्रान्डका प्रवर्द्धन र प्रोत्साहन गर्नका लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । साथै परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ सि.जी इलेक्ट्रोनिक्सले आफ्ना डिलरहरूलाई दुबई भ्रमणमा लगिएको कुरा विज्ञप्तिमा समावेश गरिएको छ ।


Author

थप समाचार
x