आमचुनाव २०७९

१०६ स्थानमा गणना जारी : कुन दलको कति ठाउँमा अग्रता ?

इकागज |
मंसिर ५, २०७९ सोमबार २१:४५ बजे

काठमाडौँ- मंसिर ४ गते भएको आमनिर्वाचनमा १६५ मध्ये १०६ स्थानमा गणना जारी छ ।

हालसम्म कांग्रेसले मुस्ताङको प्रतिनिधिसभा र प्रदेशसभामा विजयी भएको छ । 


हालसम्म कांग्रेस ३७ र एमाले २६ वटा प्रतिनिधिसभामा अगाडि छ । मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेस उम्मेदवार विजयी भएका छन् । 

त्‍यस्तै माओवादी केन्द्र ८ वटा प्रतिनिधिसभामा अग्रता लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी ८-८ वटा प्रतिनिधिसभामा अगाडि छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५, जनता समाजवादी पार्टी ३ र नागरिक उन्मुक्ति पार्टी २ वटा प्रतिनिधिसभामा अगाडि छ ।

 त्यस्तै लोसपा, जनमत पार्टी र हाम्रो नेपाली पार्टी १-१ प्रतिनिधिसभामा अग्रता लिएको छ ।

र, यो पनि


Author

थप समाचार
x