१२९ निर्वाचन क्षेत्रमा मतगणना जारी : कुन दलको अग्रता कति ?
काठमाडौँ- देशभर १२९ निर्वाचन क्षेत्रमा मतगणना जारी छ । नेपाली कांग्रेस ४५ वटामा अगाडि छ ।
त्यस्तै नेकपा एमाले ३५ सिटमा अग्रता छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्र १४ स्थानमा अगाडि छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ९ सिटमा अग्रता लिइरहेको छ ।
नेकपा एकिकृत समाजवादी पार्टीले ७ स्थानमा अग्रता लिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सिटमा अग्रता लिएको छ ।
अन्य दल १३ स्थानमा अगाडि छ ।
बिहान ६ बजेसम्म तीन वटा निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मनाङबाट टेकबहादुर गुरूङ, मुस्ताङबाट योगेश गौचन थकाली र काठमाडौं-१ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार ललितपुर-२ मा प्रेम महर्जन विजयी भएका छन् ।
र, यो पनि
- मनाङबाट सांसद जितेका गुरुङ : विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन, तत्काल संसद् छिर्न नपाउने
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया