आमचुनाव २०७९

कैलाली-३ को दुवै प्रदेश सभा पनि नागरिक उन्मुक्ति पार्टीको पोल्टामा

इकागज |
मंसिर ७, २०७९ बुधबार १२:४२ बजे

कैलाली- प्रतिनिधि सभामा जित निकालेको कैलाली क्षेत्र नम्बर ३ बाट प्रदेश सभाको दुवै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । 

कैलाली क्षेत्र नम्बर ३ को (क) बाट नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी १३ हजार ९२३ मतका साथ विजयी भएका छन् । 


गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेम चौधरीले ११ हजार ५७२ मत पाए भने एमालेका राजबहादुर बुढाले ४ हजार ६३१ मत पाएका थिए ।

त्यस्तै प्रदेश सभाकै लागि भएको अर्को मतदानमा कैलाली ३ (ख) बाट नागरिक उन्मुक्तिका खुशीराम चौधरी विजयी भएका छन् । 

चौधरीले ७ हजार ५३९ मत पाउँदा गठबन्धननाट नेकपा समाजवादीका अमर साउदले ६ हजार ६१९ र स्वतन्त्र उम्मेदवार लक्ष्मण शाहीले ५ हजार १७७ मत पाएका थिए ।


Author

थप समाचार
x