आमचुनाव २०७९

आमचुनाव २०७९

रुपन्देही-३ मा गृहमन्त्री खाणको हार निश्‍चित, सांसद बन्दै बोहोरा

इकागज |
मंसिर १०, २०७९ शनिबार १४:९ बजे

काठमाडौँ- रूपन्देही  ३ मा गृहमन्त्री बालकृष्ण खाणले पराजय भोग्ने निश्चित भएको छ । खाणलाई २ हजार ५०० मतान्तरले पछि पार्दै राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले आफ्नो अग्रतालाई कायम राखेका छन्।​

जनमुक्ती पार्टीको सर्मथनसहित सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणले ३२ हजार ६ मत प्राप्त गर्दा एमाले, राप्रपा र जसपा गठबन्धनका साझा उम्मेदवार राप्रपाका बोहोराले ३४ हजार ७० मत प्राप्त गरेका छन् ।


सियारी गाउँपालिकाको वडा नं २,३ र ६ को ३५०० मत गणना गर्न बाँकी छ ।


Author

थप समाचार
x