आमचुनाव २०७९

आउन बाँकी रहेको १० क्षेत्रमा कस्तो छ मत अपडेट ?

इकागज |
मंसिर ११, २०७९ आइतबार ८:२१ बजे

काठमाडौँ- हालसम्म १५५ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

नेपाली कांग्रेस सबैभन्दा बढी ५२ स्थानमा विजयी भएको छ ।


त्यस्तै नेकपा एमाले ४१ स्थानमा विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रले १७ स्थानमा विजयी भएको छ ।

नेकपा एकीकृत समाजवादी १० स्थानमा विजयी भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, जनता समाजवादी पार्टी ६ स्थानमा विजयी भएको छ ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३ स्थानमा विजयी भएको छ ।

नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १ र राष्ट्रिय जनमोर्चा १-१ स्थानमा विजयी भएको छ । त्यस्तै ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

अब १० क्षेत्रमध्ये दोलखा, स्याङ्जा-२ र बाजुराको मत भने गणना हुन बाँकी छ। 

कहाँ कसको अग्रता ?

रामेछाप
पूर्णबहादुर तामाङ (नेपाली कांग्रेस) - ४७०९८
कैलाशप्रसाद ढुंगेल (नेकपा एमाले) - ३०७२९
लालबहादुर घिसिङ (राप्रपा) - १४८४

सुनसरी १
गोमा तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी) - १२८५५
अशोककुमार राई (जनता समाजवादी पार्टी) -१२५०४
मुक्सामहाङ सुब्बा (माओवादी केन्द्र) - ९९००

सुनसरी ३
भगवती चौधरी (नेकपा एमाले) - १६००५
विजयकुमार गच्छदार (नेपाली कांग्रेस) - ११६९५
कमल बाबु मैनाली (राष्ट्रिय स्वतन्त्र पार्टी) - ५२८६

सुनसरी ४
ज्ञानेन्द्र बहादुर कार्की (नेपाली कांग्रेस) - २३४३९
जगदिश प्रसाद कुसियैत (नेकपा एमाले) - २३३४१
जिवन कुमार श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) -२८५२

उदयपुर १
नारायण खड्का (नेपाली कांग्रेस) - २१८३३
मञ्जु चौधरी (नेकपा एमाले) - २०१२०

इलाम १
महेश बस्नेत (नेकपा एमाले)- २०३८५
झलनाथ खनाल (एकीकृत समाजवादी) -१८२०५

धनुषा ४
महेन्द्र यादव (नेपाली कांग्रेस) - २१२२४
रघुबीर महासेठ (नेकपा एमाले) - २०२०३
महाजन यादव (जनता समाजवादी पार्टी) -४६०८


Author

थप समाचार
x