आमचुनाव २०७९

सुनसरी ४ (२) मा कांग्रेसका मन्सुरी निर्वाचित

इकागज |
मंसिर १४, २०७९ बुधबार २०:५२ बजे

विराटनगर - सुनसरीको प्रदेशसभा निर्वाचन क्षेत्र ४ (२) मा सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसका इस्राईल मन्सुरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका अब्बास अन्सारीलाई २ हजार १४६ मतान्तरले पराजित गरेका हुन् ।

मन्सुरीले १४ हजार ३५८ मत पाएका छन् । त्यस्तै अन्सारीले १२ हजार २१२ मत पाएर पराजित भएका हुन् । राप्रपाका चन्दन मेहताले पनि ४ हजार ९६२ मत प्राप्त गरेका छन् । 


मन्सुरी निर्वाचित भएसँगै प्रदेश १ मा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १६ वटा सिट सुरक्षित बनाएको छ । सुनसरीकै प्रदेशसभा क्षेत्र ४ (१) मा पनि मतगणना जारी रहेको छ । त्यहाँ पनि कांग्रेसकै उम्मेदवार सदानन्द मण्डल मतान्तरमा अगाडि छन् ।

एमाले–जसपा तालमेलका उम्मेदवार जसपाका परशु राम बस्नेत मतान्तरमा दुई हजार मतले पछि रहेका छन् । यो सिट पनि कांग्रेसले जिते प्रदेशसभामा प्रत्यक्षतर्फ सिट संख्या १७ पुर्‍याउने छ ।
 


Author

थप समाचार
x